बैंकिङ्ग समाचार, काठमाडौं ।
सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको सञ्चालन मुनाफासँगै खुद नाफा पनि बढेको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले २ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६४.६८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
निष्क्रिय कर्जा घटेसँगै सम्भावित जोखिम बापतको व्यवस्थामा कम रकम छुट्याएका कारण लघुवित्तको सञ्चालन मुनाफा उल्लेख्य बढी खुद नाफा बढ्न पुगेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १०.२९ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १२.१७ प्रतिशत बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा १२९.०७ प्रतिशत बढेको छ । लघुवित्तले चैत मसान्तसम्ममा सम्भावित जोखिम बापतको व्यवस्थामा ६५ लाख ७६ हजार रुपैयाँ मात्र छुट्याएको छ ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ११ रुपैयाँ १८ पैसा बढेर ११ रुपैयाँ १८ पैसा पुगेको छ । चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४३.२२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ८१ पैसा रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजीमा कुनै परिवर्तन भएको छैन भने जगेडा कोष ४२.५२ प्रतिशत बढेको छ । लघुवित्तको सापटी ४.६७ प्रतिशत, निक्षेप १३.५७ प्रतिशत र कर्जा २०.८२ प्रतिशत बढेको छ ।
प्रतिक्रिया