काठमाडौं – हिमालयन म्युचुअल फन्डअन्तर्गत सञ्चालित हिमालयन ८०–२० योजनाको आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरिएको छ। जसअनुसार इकाइधनीहरुलाई करसहित ६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय क्यापिटलले गरेको छ।
योजना व्यवस्थापक हिमालयन क्यापिटलको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट इकाइधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।
घोषित लाभांशअनुसार यो योजनाका इकाइधनीहरुलाई कुल ६ करोड रुपैयाँ वितरण गरिने क्यापिटलले जनाएको छ।
लाभांश वितरण प्रयोजनार्थ बुक क्लोजको मिति भने छिट्टै तय गरिने योजना व्यवस्थापनले जनाएको छ।






About Us
प्रतिक्रिया