ग्लोबल आइएमई बैंकको लाभांश घोषणा

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा



काठमाडौं – ग्लोबल आइएमई बैंकको आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ। बैंकले शेयरधनीहरूलाई ५।५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफा तथा पुँजी समायोजन कोषसमेतबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी १८ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।