दसैं बिदामा बैंकिङ्ग सेवा दिने स्ट्याण्डर्ड चार्टर्ड बैंककाे निर्णय, कुन दिन खुल्छ कुन शाखा ?


काठमाडौं – स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले दसैंमा पनि बैंकिङ्ग सेवा दिने भएको छ । बैंकले ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दे दसैंमा पनि बैंकिङ्ग सेवा दिन लागेको बताएको हो ।

बैंकले सार्वजनिक बिदा रहेको दिनहरु २४ गते फुलपाती, २५ गते महाअष्टमी तथा महानवमी, असोज २७ गते एकादशी र असोज २८ गते द्धादशीका दिन बैंकिङ्ग सेवा दिने भएको हो ।

बैंकले सार्वजनिक बिदा अवधिभर सबै शाखा नभई निश्चित शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्ने भएको हो । बैंकले सार्वजनिक बिदाको दिन बिहान १० बजे देखि अपरान्ह १ बजेसम्म बैंकिङ्ग कारोबार संचालन हुने जानकारी दिएको छ ।

बैंकले दसैंका साथै तिहार र छठमा खुल्ने शाखाहरूकाे सूची समेत सार्वजनिक गरेकाे छ ।

हेर्नुस् कुन शाखा कहिले खुल्छ ?