दसैं बिदामा पनि सेवा दिँदै सांग्रिला बैंक, कुन-कुन शाखाबाट दिन्छ सेवा ?


काठमाडौं – दसैं लागेसँगै दसैं बिदामा आफ्ना सेवाग्राहीहरूलाई कसरी सेवा दिने भन्ने चटारो बैंकहरुलाई छ । उसो त बैंकहरु पनि दसैंमा ५ दिन बन्द रहन्छन् । तर, अनुकूलता मिलाएर विभिन्न शाखाबाट भने सेवा दिइरहेका हुन्छन् । 

यसैबीच  सांग्रिला डेभलपमेन्ट बैंकले दसैं बिदामा सेवाग्राहीलाई  बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले खुला रहने काउन्टरको सूची सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक बिदा रहेका असोज २४ गते फूलपाती, असोज २५ गते महाअष्टमी तथा महानवमी, असोज २७ गते एकादशी र असोज २८ गते द्वादशीका दिन पनि सेवा दिने भएको हो ।

यस दिन बैंकले बिहान ११ बजेदेखि अपराह्न १ः३० बजेसम्म बैंकिङ्ग  सेवा दिने जनाएको छ। साथै, दसैं काउन्टर अवधिभर प्रत्येक खाताबाट एक दिनमा ५० हजार रुपैयाँ मात्रै झिक्न मिल्ने छ भने २ लाख रुपैयाँ जम्मा गर्न सकिने बैंकले सूचना मार्फत जानकारी दिएको छ ।  

बैंकले उपत्यकाका साथै उपत्यका बाहिरका शाखाहरूबाट सेवा दिने भएको हो । बैंकले काठमाडौं, भक्तपुर, ललितपुरका साथै  कास्की, बाँके बर्दिया, सुर्खेत, चितवन, दाङ  रुपन्देही, पर्सा, मोरङ लगायतका जिल्लाहरूका विभिन्न शाखाहरूबाट सेवा दिने भएको हो ।