वीरेन्द्रनगर र धनगढीमा शाखा विस्तारसँगै स्ट्याण्डर्ड चार्टर्ड बैंकले अब सातै प्रदेशबाट सेवा दिने

वीरेन्द्रनगर र धनगढीमा शाखा विस्तारसँगै स्ट्याण्डर्ड चार्टर्ड बैंकले अब सातै प्रदेशबाट सेवा दिने


काठमाडौं – स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड सातै प्रदेशमा पुगेको छ । शनिबार कर्णाली प्रदेशको वीरेन्द्रनगर र आइतबार सुदूरपश्चिमको धनगढीमा एकैसाथ दुईवटा नयाँ शाखाको उद्घाटन भएको हो ।

उक्त शाखा कार्यालयसँगै स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका सातैवटा प्रदेशमा बिस्तार भएको छ । नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनअनुसार ‘क’ वर्गका बैंकले सबै प्रदेशमा शाखा कार्यालय खोल्नुपर्ने हुन्छ । दुवै शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भर्चुअल रूपमा गरेका थिए ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले नयाँ शाखा कार्यालयहरूको स्थापनाले वीरेन्द्रनगर र धनगढीको आर्थिक विकासका लागि थप अवसर सिर्जना गर्ने विश्वास लिएको छ । नेपालमा एक मात्र अन्तराष्ट्रिय बैंकको रूपमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले विभिन्न सेवा प्रदान गर्दै आइरहेको छ ।