समृद्धि फाइनान्सकाे वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

समृद्धि फाइनान्सकाे वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


बैंकिङ्ग समाचार, काठमाडौं ।
समृद्धि फाइनान्सकाे पुतलीसडक, पोखरा र बुटवल शाखाले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेकाे छ ।

शुक्रबार सञ्चालन गरिएकाे वित्तिय साक्षरता कार्यक्रम पुतलीसडक शाखाले मिल्टन इन्टरनेसनल कलेजमा, पोखरा शाखाले लायन्स क्लबको सहयोगमा अमरसिंह मा.वि.मा र बुटवल शाखाले वडा नं. ११ को टोल विकास समितिमा उक्त कार्यक्रम सम्पन्न गरेको हाे ।

कार्यक्रममा विद्यार्थी, कशोर-किशोरी तथा युवावर्गलाई वित्तीय ज्ञान, सीपकाे बारेमा संस्थाका व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज कुमार सर्राफ र पुतलीसडक शाखा प्रमुख विक्रम ज्ञवालीले जानकारी गराएका थिए ।

फाइनान्सले मुद्दती निक्षेपमा सर्वाधिक १२.२५%, र बचत निक्षेपमा अधित्तम १०% प्रतिशत सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।