अरुण भ्याली हाइड्रोपावरले बोलायो साधारण सभा



काठमाडौ– लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न अरुण भ्याली हाइड्रोपावरले कात्तिक १४ गते वार्षिक साधारण सभा डाकेको छ । यस कम्पनीको सभाले गत वर्षको नाफाबाट सेयरधनीलाई कर सहित ३ प्रतिशत बोनस सेयर र ०.१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ .।

सभा होटल क्रिस्टल पशुपती गौशाला काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले कात्तिक ५ गते बुक क्लोज गर्ने भएको छ ।

सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

त्यस्तै, सभाले लिखु खोला जलविद्युत आयोजनाको निर्माणको लागि बैंक तथा वित्तीय संस्थाहरुसँग गरिएको ऋण सम्झौतामा कर्पोरेट ग्यारेण्टि दिने, नियमावली तथा प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतको प्रस्ताव पारित गर्नेछ ।