एनएलजी इन्स्योरेन्सको विशेष साधारणसभा आह्वान

एनएलजी इन्स्योरेन्सको विशेष साधारणसभा आह्वान



काठमाडौं – एनएलजी इन्स्योरेन्स कम्पनीले विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनीको आउँदो कात्तिक ७ गते काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा बिहान १०ः३० बजेदेखि विशेष साधारणसभा बस्नेछ। एनएलजीको हकप्रद बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज एलएस क्यापिटल मार्केट रहेको छ

सभाले चुक्तापुँजीको ६२.५६ प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव अनुमोन गर्नेछ। यद्यपि, नेपाल धितोपत्र बोर्ड सेबोनले गत शुक्रबार नै कम्पनीलाई हकप्रद शेयर जारी गर्न अनुमति दिइसकेको छ।

कम्पनी सञ्चालक समितिको भदौ २४ गते बसेको बैठकले पूर्वघोषित हकप्रद शेयरको आकारमा परिमार्जन गरेको थियो। जसअनुसार कम्पनीले आर्थिक वर्ष २०७९.८० को बोनस शेयर वितरण कायम हुने चुक्तापुँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार ९५८.९७ रुपैयाँको ६२।५६ प्रतिशत अर्थात १००ः६२.५६ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो। यो हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ५० करोड २५ लाख १५ हजार ७०१।३० रुपैयाँ पुग्नेछ।

विशेष साधारणसभा प्रयोजनार्थ कम्पनीले असोज २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज २२ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरु मात्रै यो कम्पनीको सभामा भाग लिन पाउनेछन्।