एनएमबि लघुवित्तको नाफा २ करोड बढीले घट्यो

एनएमबि लघुवित्तको नाफा २ करोड बढीले घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. १० करोड ५३ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा १६ दशमलव ७५ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १२ करोड ६५ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।

यस वर्ष सम्भावित जोखिम शिर्षकमा ७० दशमलव ७२ प्रतिशत कम रू. १ करोड ७७ लाख रकम छुट्याएको कम्पनीको सञ्चालन नाफा १६ दशमलव ३६ प्रतिशत घटेको छ । गत वर्ष रू. २० करोभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. १६ करोड ७५ लाख मात्र यो नाफा गरेको हो ।

२१ दशमलव ५० प्रतिशत बोनस शेयरमार्फत चुक्तापूँजी बढाएर रू. ६५ करोड ५८ लाख ६३ हजार पु¥याएको कम्पनीको जगेडा कोष रकम करिब १८ प्रतिशत बढी रू. ३४ करोड ५२ लाख कायम भएको छ । कर्जा सापटी ११ प्रतिशत बढी रू. ३ अर्ब १४ करोड २४ लाख लिएको कम्पनीको कर्जा प्रवाह १२ दशमलव १२ प्रतिशत बढी रू. ५ अर्ब ८८ करोड ७४ लाख भएको छ । गत वर्षभन्दा यस वर्ष १२ दशमलव १५ प्रतिशत बढी रू. २ अर्ब ५६ लाख कम्पनीले निक्षेप संकलन गरेको छ । 

गत वर्ष ३ दशमलव ४७ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ४ दशमलव शून्य ६ कायम भएको छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. २१ दशमलव ४३ र प्रतिशेयर नेटवर्थ रू. १५२ दशमलव ६४ छ ।