स्वरोजगार लघुवित्तको खुद नाफा १६.९७% बढ्यो

स्वरोजगार लघुवित्तको खुद नाफा १६.९७% बढ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
स्वरोजगार लघुवित्त वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ ।

उत्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १६ दशमलव ९७ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. ११ करोड २६ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. १३ करोड १७ लाख पुगेको हो ।

चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ३५ प्रतिशत र सञ्चालन नाफा १०९ प्रतिशत वृद्धि भएको छ ।

त्यसैगरी २५ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी रू. ५१ करोड ४० लाख पुगेको हो ।चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. २२ करोड ५१ लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीले रू. ४ अर्ब ६० लाख सापटि लिएर रू. ३ अर्ब ६ करोड निक्षेप संकलन गरेर रू. ७ अर्ब ६३ करोड भन्दा बढी कर्जा लगानी गरेको छ ।

त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी(वार्षिकीकरण) रू.३४ दशलमव १८, मूल्य आम्दानी अनुपात २८ दशमलव ५० टाइम्स, तरलता अनुपात ८ दशमलव ६९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १४३ दशलमव ८० रहेको छ । कम्पनीले हालसम्ममा ३६ जिल्लामा ९१ ओटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको वित्तीय विवरण मार्फत जानकारी गराएको छ ।