काठमाडौं – आजदेखि फेरी नेपालको मौसम बिग्रने भएको छ । गत साताको बिहीबार रातीदेखि सुरु भएको अविरल वर्षाका कारण देशमा अर्बौ रुपैयाँको क्षति पुर्याएको छ । सोही भिषण वर्षा रोकिएको दुई दिनपछि आजदेखि फेरी वर्षा सुरु भएको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि बंगालको खाडीको मनसुनका कारण फेरी वर्षा सुरु भएको छ । तर, यो वर्ष गत सातादेखि सुरु भएको जस्तो घातक हुनेछैन । गत साताको वर्षाले २०० जनाभन्दा बढी मानिसको ज्यान लिएको थियो ।
यस्तै, सडक संरचना, खानेपानी, सिञ्चाई, ऊर्जा, कृषि लगायतका क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो । सरकारको प्रारम्भिक आँकलन अनुसार कम्तिमा १७ अर्ब रुपैयाँ क्षति भएको थियो । मनसुनी प्रभाव बढेसँगै कोसी प्रदेशका विभिन्न स्थानमा आज विहानैदेखि पानी परिरहेको छ ।
मनसुनी हावा पूर्वबाट विस्तारै पश्चिम नेपालतर्फ फैलिरहेको महाशाखाको भनाई छ ।






About Us
प्रतिक्रिया