बैंकिङ्ग समाचार, काठमाडौं ।
मल्टीपर्पस फाइनान्सले चालु आर्थिक वर्षको तस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८३ दशमलव ३९ प्रतिशतले घटेको हो ।
चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्म आइपुग्दा फाइनान्सले ५ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले ३० लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा खुद ब्याज आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७१ दशमलव ७२ प्रतिशतले बढेर १ करोड ६३ लाख ३९ हजार रुपैयाँ पुगेको छ । फाइनान्सको सञ्चालन नाफा ४३ करोड ६२ लाख रुपैयाँबाट ८६ दशमलव ७७ प्रतिशत घटेर ५ लाख ७७ हजार रुपैयाँमा सीमित भएको छ ।
यस अवधिमा फाइनान्सको जगेडा कोषमा ४ करोड ९ लाख रुपैयाँ संचिती रहेको छ । खराब कर्जा अनुपात १ दशमलव ७६ प्रतिशत रहेको छ । वार्षिक प्रतिशेयर आम्दानी १५ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ७६ पैसा रहेको छ ।
प्रतिक्रिया