तेस्रो त्रैमासमा स्वस्तिक लघुवित्तको नाफा २० प्रतिशतले बढ्यो

तेस्रो त्रैमासमा स्वस्तिक लघुवित्तको नाफा २० प्रतिशतले बढ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
स्वस्तिक लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ करोड १० लाख रुपैयाँ नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा कम्पनकिो नाफा २० प्रतिशत वृद्धि भएको हो ।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ९१ लाख ७० हजार नाफा कमाएको थियो । चालू आर्थिक वर्षमा कम्पनीको खुद ब्याज आम्दानी, सञ्चालन नाफामा वृद्धि भएकालेनाफा बढ्न पुगेको हो ।

गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा कम्पनीको खुद ब्याज आम्दानी २४ प्रतिशत र सञ्चालन नाफा ७१ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीको चुक्तापूँजी रू. ३ करोड ४६ लाख रहेको छ । गत आथिृक वर्षमा कम्पनीको जगेडा कोषमा ६८ लाख ५६ हजार रुपैयाँ मात्र संचिती रहेकोमा चालू आर्थिक वर्षमा कम्पनीले जगेडा कोषमा २ करोड ८८ लाख रुपैयाँ संचिती गरेको छ ।

चालू आथिृक वर्षमा कम्पनीले ४४ करोड ६६ लाख सापटि लिएर, १६ करोड ३८ लाख निक्षेप संकलन गरेर ६६ करोड ४५ लाख कर्जा लगानी गरेको हो ।