चौतर्फी विरोधपछि हवाई भाडा बढाउने निर्णय फिर्ता, हट्यो बहानाबाजीसहितको ‘ब्रम्हलुट’

चौतर्फी विरोधपछि हवाई भाडा बढाउने निर्णय फिर्ता, हट्यो बहानाबाजीसहितको ‘ब्रम्हलुट’


काठमाडौं – संकटको समयमा नाफाखोरी प्रवृत्ति देखाएको भन्दै चर्को विरोध भएपछि हवाई कम्पनीहरूले भाडा नबढाउने भएका छन् । बिहीबार रातीदेखि सुरु भएको भीषण बाढीका कारण देशभरका सडक सञ्जाल अवरुद्ध बनेका छन् । यही मौका पारेर हवाई कम्पनीले हवाई भाडा महँगो बनाएको भन्दै चर्को विरोध सुरु भएको थियो ।

चौतर्फी विरोध झेल्न थालेपछि वायुसेवा सञ्चालक संघले आगामी ३ दिनका लागि भाडा वृद्धि फिर्ता लिएको हो । संघका प्रवक्ता मुरलीधर जोशीले माथिल्लो सिमाको भाडा नलिने निर्णय भएको बैंकिङ्ग समाचारलाई जानकारी दिए ।

उनले यसअघि तल्लो सिमाकाे टिकट सकिएपछि माथिल्लो तहको मूल्य लागु भएको जानकारी दिएका थिए । तर, चौतर्फी विरोध भएपछि संघले तल्लो सीमामा नै रहेर भाडा लिने निर्णय गरेको हो ।

‘संघका अध्यक्षज्यूले बढेको भाडा फिर्ता भएको जानकारी दिनुभएको छ,’ जोशीले भने, ‘अब तल्लो सीमामा नै रहेर आगामी ३ दिनसम्म हवाई यात्रा सञ्चालन हुन्छ ।’ तर, त्यस अवधिसम्मका लागि सरकारले आफूहरूलाई सहजीकरण गर्ने आश्वासन दिएको जोशीको भनाइ छ ।

याे पनिः