श्रृजनशिल लघुवित्तको नाफा तेस्रो त्रैमाससम्ममा १७.४४% ले घट्यो

श्रृजनशिल लघुवित्तको नाफा तेस्रो त्रैमाससम्ममा १७.४४% ले घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
श्रृजनशिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा १७ दशमलव ४४ प्रतिशत घटेको छ । 

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा रू. ४ करोड ९० लाख रहेको कम्पनीको नाफा चालू आवको सोही अवधिमा घटेर रू. ४ करोड ५ लाखमा सीमित भएको छ ।

कम्पनीको सञ्चालन मुनाफा पनि १६ दशमलव ४८ प्रतिशतले घटेको छ । कम्पनीले तेस्रो त्रैमासमा रू. ६ करोड ३५ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा यो कम्पनीले सञ्चालन मुनाफा ७ करोड ६० लाख रूपैयाँ आर्जन गरको थियो । 

एक वर्षको अवधिमा कम्पनीको जगेडा कोषमा ६९ दशमलव २८ प्रतिशत रकम बढेको छ । गत आवको तेस्रो त्रैमासम्म कम्पनीको जगेडा कोषमा ८ करोड ६ लाख रुपैयाँ थियो भने चालू आवको सोही अवधिमा उक्त कोषमा १३ करोड ६५ लाख रुपैयाँ कायम भएको छ ।  

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४ दशमलव ५४ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ३ दशमलव शून्य ३ प्रतिशत बढेको छ । 

कम्पनीको खराब कर्जा २ दशमलव १८ प्रतिशत छ । हाल कम्पनीको चुक्तापूँजी ७० करोड रुपैयाँ रहेको छ ।