ग्लोबल आईएमई बैंकले सबै शाखाबाट दिँदैछ सुकिला नोट

ग्लोबल आईएमई बैंकले सबै शाखाबाट दिँदैछ सुकिला नोट


काठमाडौं – नजिकिँदै  गरेको दशैंलाई लक्षित गर्दे ग्लोबल आईएमई बैंकले आफ्ना सबै शाखामार्फत सुकिला नोट सटहीको व्यवस्था गरेको छ । बैंकले सोमबार, बिहीबार बिहान ११ बजेदेखि दिँउसो ३ बजेसम्म / शुक्रबार बिहान ११ बजेदेखि दिँउसो १ बजेसम्म सफा नोट सटही गर्ने सुविधा दिने भएकाे छ ।

बैंकले आफ्ना ग्राहकहरुलाई असोज १३ देखि २३ गतेसम्म सार्वजनिक बिदाको दिन बाहेक नयाँ सफा नोट सटहीको सुविधा दिने बताएको छ । बैंकले देशभर रहेका आफ्ना शाखाहरुबाट साना दरका ५, १०, २०, ५० र १०० सय रुपैयाँका प्रतिव्यक्ति १८ हजार ५ सयसम्म सुकिलो साट्ने व्यवस्था मिलाएको हो ।

नेपाल राष्ट्र बैंकले दसैँलाई लक्षित गरी सर्वसाधारणका लागि आजदेखि सफा र सुकिलो बैंक नोट सटही सुविधा दिन थालेको छ ।आज (असोज १३ गतेदेखि २२) गतेसम्म सफा नोट साट्न सकिनेछ ।