समृद्धि फाइनान्स र होटेल गढी भ्यु एण्ड रिसोर्ट बिच छुट सम्झौता

समृद्धि फाइनान्स र होटेल गढी भ्यु एण्ड रिसोर्ट बिच छुट सम्झौता


बैंकिङ्ग समाचार, काठमाडौं ।
समृद्धि फाइनान्स कम्पनी लिमिटेड र होटेल गढी भिउ एण्ड रिसोर्ट प्रालि, मकवानपुर बिच २०७९ बैशाख, १६ गते सम्झौता भएको छ । यो सम्झौता पछी समृद्धि फाइनान्सका ग्राहकहरुलाइ होटेल गढी भिउ एण्ड रिसोटले जिप लाईनमा ३० प्रतिशत र फुड र बेभरेजमा १० प्रतिशत छुट दिने भएको छ । मकवानपुरगढीमा रहेको यो ठाउँ पर्यटकिय स्थलको रुपमा फस्टाउदै गएको छ ।

यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास फाइनान्सका व्यवसाय प्रवद्र्र्धन विभागका अधिकृत सुरज कुमार सर्राफले जनाएका छन् । सो सम्झौता पत्रमा फाइनान्स कम्पनीका तर्फबाट हेटौडा शाखा प्रमुख राजन शर्मा र होटेल गढी भिउ एण्ड रिसोर्ट प्रा.लि. का तर्फबाट होटेलका अध्यक्ष दिलिप घिमिरेले हस्ताक्षर गरेका हुन् ।  

फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२.२५ प्रतिशत, र बचत निक्षेपमा अधित्तम १० प्रतिशत सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।