एनएलजी इन्स्योरेन्सले पायो ६२% हकप्रद शेयर ल्याउने अनुमति

एनएलजी इन्स्योरेन्सले पायो ६२% हकप्रद शेयर ल्याउने अनुमति



काठमाडौं – एनएलजी इन्स्योरेन्स कम्पनीले नेपाल धितोपत्र बोर्ड सेबोन बाट हकप्रद शेयर ल्याउने अनुमति पाएको छ।

धितोपत्र बोर्डको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले एनएलजी इन्स्योरेन्सलाई चुक्तापुँजीको १००ः६२.५६ अनुपातमा अर्थात ६२.५६ प्रतिशत हकप्रद शेयर ल्याउन अनुमति दिएको हो। अब कम्पनीले आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर जारी गर्नेछ।

कम्पनी सञ्चालक समितिको भदौ २४ गते बसेको बैठकले पूर्वघोषित हकप्रद शेयरको आकारमा परिमार्जन गरेको थियो। जसअनुसार कम्पनीले आर्थिक वर्ष २०७९.८० को बोनस शेयर वितरण कायम हुने चुक्तापुँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार ९५८.९७ रुपैयाँको ६२.५६ प्रतिशत अर्थात १००ः६२.५६ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो। यो हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ५० करोड २५ लाख १५ हजार ७०१.३० रुपैयाँ पुग्नेछ।

यसअघि कम्पनीले तत्काल कायम रहेको चुक्तापुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९०.५० रुपैयाँको ६६ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो। उक्त हकप्रद जारी गर्न कम्पनीले बीमा प्राधिकरणसँग स्वीकृति पनि मागेको थियो। प्राधिकरणबाट स्वीकृति प्राप्त नहुँदै कम्पनीको १८ औँ वार्षिक साधारणसभाबाट ५.५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव स्वीकृत भएपछि कम्पनीले हकप्रदको आकार घटाएको हो।