आइएमई पेबाट १ रुपैयाँमा हवाई टिकट

आइएमई पेबाट १ रुपैयाँमा हवाई टिकट


काठमाडौं – नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले आउदै गरेको नेपालीहरुको महा चाडपर्व–दशैँ, तिहार र छठलाई लक्षित गरी मात्र १ रुपैयाँमा मा आन्तरिक हवाई टिकट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ। असोज ८ गते देखि असोज २३ गतेसम्म चल्ने यस योजना अन्तर्गत आइएमई पे एप मार्फत आन्तरिक हवाई टिकट खरिद गर्ने सेवाग्राही मध्ये दैनिक ५ भाग्यशाली सेवाग्राहीहरुले १ रुपैयाँमा टिकट प्राप्त गर्नेछन्।

भाग्यशाली विजेताहरुले खरिद गरेको हवाई टिकटको १ रुपैयाँ अतिरिक्तको रकम क्यासब्याक प्रोमोकोड स्वरुप विजेता घोषणा गरेपश्चात प्राप्त गर्नेछन्।
साथै आइएमई पे मार्फत हवाई टिकट खरिद गर्दा रु। ८१ क्यासब्याक प्राप्त गर्ने मौका पनि रहेको छ भने हरेक दिन हवाई टिकट खरिद गर्ने ३० जना सेवाग्राहीहरुले चन्द्रागिरी हिल्स केबलकार, मौलाकाली केबलकार र लुम्बिनी केबलकारको टिकटको लागि क्यासब्याक प्रोमोकोड पनि जित्ने मौका पाउनेछन् ।

चाडपर्वको लहर धमाधम सुरु भएको मौका पार्दै गाउँघर जाने वा आन्तरिक पर्यटनमा निस्किने सेवाग्राहीहरुलाई लक्षित गरी आइएमई पेले यस अफर सार्वजनिक गरेको हो। आइएमई पे प्रमुख कार्यकारी अधिकृत प्रवीन रेग्मीले यस अफरलाई आइएमई पेका सेवाग्राहीहरु माझ महान् चाडपर्वको अवसरमा कृतज्ञता र उपहार स्वरुप समर्पण गरिएको जानकारी दिएका छन् ।

साथै आइएमई पे मार्फत टिकट खरिदमा समयको अनिश्चिततालाई ध्यानमा राखी सेवाग्राहीहरुले आफ्नो हवाई टिकटलाई पूर्ण रूपमा फिर्ता योग्य गरेर आफ्नो लगानी सुरक्षित गर्न र आर्थिक नोक्सानको चिन्ता बिना आफ्नो यात्राको आनन्द लिन सक्छन्। योजनाहरूमा परिवर्तन आउँदा, प्रयोगकर्ताहरूले कम्पनीको ग्राहक सेवामा समर्पित कर्मचारीलाई सम्पर्क गरेर फिर्ताको अनुरोध प्रारम्भ गर्न सक्नेछन्।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ’आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली( २०७२ बमोजिम ’आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो। आइएमई पे मोबाइल वालेट मार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन्। यसले व्यक्ति(व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा त्तच् स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा समेत प्रदान गर्दै आइरहेको छ।

यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ। आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरू मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ।