अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रधानमन्त्री ओलीबीच भेटवार्ता


काठमाडौं – संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन अमेरिका पुगेर प्रधानमन्त्री केपीशर्मा ओली र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री केपीशर्मा ओलीको सचिवालयले राष्ट्रपति बाइडेनसँग भेटवार्ता भएको जानकारी दिएको हो ।

महासभाको ७९औं महासभामा सहभागी बन्न ओली अमेरिकाको न्यूयोर्क छन् । सोहीक्रममा उनले विभिन्न मुलुकका प्रमुखसँग भेटवार्ता गरिरहेका छन् । केही दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत प्रधानमन्त्री ओलीको भेटवार्ता भएको थियो ।