राष्ट्रउत्थान लघुवित्तको खुद नाफा ७०% बढ्यो

राष्ट्रउत्थान लघुवित्तको खुद नाफा ७०% बढ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्रउत्थान लघुवित्त वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७० प्रतिशतले वृद्धि भएको छ । गत आवमा रू. ३ करोड २६ लाख नाफा कमाएको उक्त कम्पनी नाफा चालू आवमा बढेर रू. ५ करोड ५५ लाख पुगेको हो ।

चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।

गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ३५ प्रतिशत र सञ्चालन नाफा ७४ प्रतिशतले वृद्धि भएको छ । चुक्तापूँजी रू. २६ करोड रहेको  उक्त कम्पनीले जगेडामा रू.१७ करोड ३५ लाख सञ्चित गरेको छ ।

चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू.२ अर्ब १३ करोड सापटि लिएर, रू.७७ करोड ९१ लाख निक्षेप संकलन गरि रू. ३ अर्ब १९ करोड कर्जा लगानी गरेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू.२८ दशलमव ४९ (वार्षिक), मूल्य आम्दानी अनुपात ५८ दशमलव २७ गुणा, तरलता अनुपात १३ दशमलव ६० प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १६६ दशमलव ७४ रहेको छ ।