काठमाडौं – मन्दाकिनी हाइड्रोपावरले गत आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापुँजीको कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
जसमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६३२ नगद लाभांश छन् । घोषित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।।
यो प्रस्ताव आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् । बुधबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता ७१० रुपैयाँ छ ।






About Us
प्रतिक्रिया