आरएमडिसी लघुवित्तको नाफा बढेसँगै आरएमडिसीको ईपीएस पनि बढ्यो

आरएमडिसी लघुवित्तको नाफा बढेसँगै आरएमडिसीको ईपीएस पनि बढ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको ९ महीनामा रू. २६ करोड ५९ लाखभन्दा बढी खुद नाफा गरेको छ । 

गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ५१ दशमलव ७० प्रतिशत बढेको हो । कम्पनीको सञ्चालन नाफा भने यस वर्ष ५२ दशमलव ३१ प्रतिशत बढी रू. ३७ करोड ९७ लाखभन्दा बढी रहेको छ । 

२० प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर रू. १ अर्ब २४ करोड १० लाख ६६ हजार पुर्‍याएको कम्पनीको रिटेन्ड अर्निङ ११ दशमलव ४७ प्रतिशत बढी रू. ९६ करोड ४३ लाख कायम भएको छ । जगेडा कोष रकम भने गत वर्षभन्दा ८ दशमलव १५ प्रतिशत घटेर रू. १ अर्ब ३ करोडभन्दा बढी कायम भएको छ । 

कम्पनीको कर्जा सापटी गत वर्षभन्दा २३ दशमलव ४९ प्रतिशत कम भएको छ । गत वर्ष रू. ३५ करोड ७६ लाखभन्दा बढी कर्जा सापटी लिएको कम्पनीले यस वर्ष रू. २७ करोड ३६ लाखभन्दा बढी मात्र लिएको हो ।

कम्पनीले गत वर्षभन्दा यस वर्ष कर्जा प्रवाह भने बढाएको छ । गत वर्ष रू. ९५ लाखभन्दा बढी कर्जा प्रवाह गरेको कम्पनीले यस वर्ष रू. २ करोड २२ लाखभन्दा बढी कर्जा प्रवाह गरेको हो ।

चैत मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी २८ रुपैयाँ ५७ पैसा रहेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ रुपैयाँ ९७ पैसा बढी हो ।

कम्पनीको निष्क्रिय कर्जा अनुपात गत वर्ष शून्य दशमलव शून्य ५ प्रतिशत रहेकोमा यस वर्ष शून्य दशमलव शून्य ६ प्रतिशत रहेको छ ।