बैंकिङ्ग समाचार, काठमाडौं ।
मञ्जुश्री फाइनान्सको संस्थापक शेयर आज (बिहीवार) देखि विक्रीमा आएको छ ।
कम्पनीले एक सूचना जारी गरी उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको जानकारी दिएको छ ।
कम्पनीले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर विक्री गर्न ३५ दिने सूचना जारी गरेको हो । उक्त शेयरको प्रतिकित्ता मूल्य र शेयर संख्या भने उल्लेख गरिएको छैन ।
यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र आवश्यक प्रमाण कागजातहरु संलग्न कम्पनीको केन्द्रीय कार्यालय बानेश्वर, काठमाडौंमा निवेदन दिनु पर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा नियम अनुसार अन्य व्यक्ति तथा संस्थाहरुमा उक्त शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।
प्रतिक्रिया