अब नेपालमै अमेरिकी सीपीए तयारीका कार्यक्रम संचालन हुने, प्राइम कलेजले भारतको केपीएमजीसँग गर्यो सम्झौता

अब नेपालमै अमेरिकी सीपीए तयारीका कार्यक्रम संचालन हुने, प्राइम कलेजले भारतको केपीएमजीसँग गर्यो सम्झौता


काठमाडौं – प्राइम कलेजले भारतको केपीएमजीसँग साझेदारी गर्दै नेपालमा पहिलो पटक अमेरिकी सर्टिफाइड पब्लिक एकाउन्टेन्ट (सीपीए) टेस्ट तयारी कार्यक्रम सुरु गर्ने भएको छ । यस सम्झौताबाट नेपाली वित्तीय पेशेवरहरू तथा विद्यार्थीहरुलाई विश्वव्यापी मान्यता प्राप्त अमेरिकी सीपीए प्रमाणपत्र प्राप्त गर्ने अवसर प्राप्त हुनुको साथै उनीहरूका पेशागत संभावनाहरूको प्रबर्धन हुने बताइएको छ ।

अन्तर्राष्ट्रिय वित्तीय बजारमा उनीहरु राम्रो सफलता प्राप्त गर्न सक्षम हुनेछन् । नेपाली विद्यार्थीहरूका लागि एक परिवर्तनकारी अवसर अमेरिकी सीपीए टेस्ट तयारी कार्यक्रम विश्वव्यापी रूपमा वित्तीय पेशेवरहरूको लागि मानक मानिन्छ । जसले, अडिटिङ तथा लेखा क्षेत्रमा काम गर्न चाहने पेशेवरहरूलाई सक्षम बनाउने लक्ष्य राखेको हुन्छ ।

यस साझेदारीले नेपाली विद्यार्थीहरूलाई अमेरिकी सीपीए परीक्षाको कडा मानक पूरा गर्न डिजाइन गरिएका सम्बद्ध सबै संसाधनहरूमा पहुँच पुर्याउने सुनिश्चितता प्रदान गर्नेछ । कार्यक्रममा भर्ना हुने विद्यार्थीहरूले केपीएमजी भारतको विशेषज्ञताको लाभ उठाउनेछन् र संवद्द प्रमुख अवधारणाहरू र अभ्यासहरूको गहिरो ज्ञान प्राप्त गर्ने बताइएको छ ।

यसले उनीहरूलाई सीपीए परीक्षा सफलतापूर्वक पास गर्न र करियरमा उत्कृष्टता प्राप्त गर्न मद्दत पुग्नेछ । यस कार्यक्रमको माध्यमबाट, प्राइम कलेज र केपीएमजीले संयुक्त रुपमा नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय वित्तीय सेवा क्षेत्रमा प्रतिस्पर्धात्मक लाभ प्रदान गर्ने लक्ष्य राखेका छन् ।