तेस्रो त्रैमासमा आरएसडिसी लघुवित्तको नाफा २४% बढ्यो, प्रतिशेयर आम्दानी कति ?

तेस्रो त्रैमासमा आरएसडिसी लघुवित्तको नाफा २४% बढ्यो, प्रतिशेयर आम्दानी कति ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २४ दशलमव ६५ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू. ७ करोड ५६ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ९ करोड ४३ लाख पुगेको हो ।

चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा ३६ प्रतिशत र सञ्चालन नाफा ९ दशमलव ४३ प्रतिशत वृद्धि भएको छ ।

त्यसैगरी कम्पनीको चुक्ता पूँजी रू. ८० करोड ५१ लाख रहेको छ भने चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडा कोषमा रू. ८ करोड ६६ लाख र रिटेण्ड अर्निङमा रू.८ करोड २४ लाख सञ्चित गरेको छ ।

सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा रू.७ करोड २५ लाख रहेको छ । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू.१५ दशलमव ६२, मूल्य आम्दानी अनुपात ४० दशमलव २० गुणा, तरलता अनुपात १ दशमलव ५० प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १२१ रहेको छ ।