बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ बैशाख ११ गतेदेखि खुल्दै

बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ बैशाख ११ गतेदेखि खुल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले यहि बैशाख ११ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा लमजुङ्ग र कास्कीका स्थानीय बासिन्दालाई १० करोड मूल्यका १० लाख कित्ता सेयर जारी गर्ने भएको हो ।

कम्पनीले जारी पूँजी एक अर्ब रुपैयाँको १० प्रतिशतले हुन आउने १० लाख कित्ता सेयर स्थानीय बासिन्दाका लागि निष्कासन गर्न लागेको हो । जसमध्ये ७ लाख कित्ता सेयर आयोजनाको मुख्य संरचना क्षेत्र भित्र पर्ने लमजुङ्ग जिल्लाको क्व्होलासोथार गाउँपालिकाको वडा नम्बर ५, ६ र ७ तथा कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नम्बर ८ र ९ का स्थानीय बासिन्दाहरुका लागि छुट्टाइएको छ ।

यस्तै बाँकी रहेको ३ लाख कित्ता सेयर लमजुङ्ग जिल्लाको आयोजनाको मुख्य संरचना जोडिएका क्व्होलासोथार गाउँपालिका तथा कास्की जिल्लाको मादी गाउँपालिकाका बाँकी सबै वडाहरुका स्थानिय बासिन्दाहरुका लागि निष्काशन हुनेछ ।

विसं २०७९ बैशाख ११ गते देखि जारी हुने आईपीओमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुले २०७९ बैशाख २५ गते गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा वा माग अनुसारको आवेदन नपरेको खण्डमा भने ढिलोमा २०७९ जेठ ९ गतेसम्म आईपीओको बिक्री खुला रहनेछ ।

स्थानीय बासिन्दाले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । स्थानीयबासिले सानिमा बैंकको विरौटा तथा पोखरा शाखा, सिभिल बैंकको मालिङ्ग शाखा, कामना सेवा विकास बैंकको कास्की तथा बेसिशहर शाखा, पोखरा फाइनान्सको पोखरा तथा बेसिशहर शाखा र आयोजनाको कार्यस्थलबाट आवेदन दिन सकिनेछ । यसैगरी नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट समेत आईपीओ भर्न सकिनेछ ।

आईपीओ निष्कासनका लागि कम्पनीले गराएको साख मूल्याङ्कनमा रेटिङ एजेन्सी केयर नेपालले विन्ध्यवासिनीको आइपीओलाई ‘इस्यूअर रेटिङ डबल बी प्लस’ रेटिङ्ग दिएको छ । यो रेटिङ्ग प्राप्त संस्थाहरुमा दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड नक्साल रहेको छ । स्थानीयलाई सेययर बिक्री गरेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई सेयर बिक्री गर्नेछ ।