साल्ट ट्रेडिङ्ग कर्पोरेशनले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

साल्ट ट्रेडिङ्ग कर्पोरेशनले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

साल्ट ट्रडेडिङ कर्पोरेशन लिमिटेडले वार्षिक साधाराण सभा आह्वान गरेको छ । कम्पनीको चैत्र ६ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार कम्पनीको ५५ औं वार्षिक साधारण सभा चैत्र ३० गते बुधबार बिहान ११ बजेबाट सुरु हुनेछ । 

सभामा गत सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश गरी कूल १०.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव  पारित गरिने छ ।

त्यस्तै, ५५ औं वार्षिक साधारणसभाका लागि आर्थिक बर्ष २०७७/२०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/२०७८ को लेखापरिक्षकको प्रतिवेदन सहित सोही आ.व. को वासलात, नाफारनोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने । लेखापरिक्षण समितिको सिफारीश अनुसार आर्थिक वर्ष २०७८/२०७९ को वित्तिय विवरण लेखापरिक्षण गर्न लेखा परिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक अनुमोदन गरिने छ । 

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयोजनका लागि चैत्र १५ देखि ३० गते सम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, चैत्र १४ गते (सोमबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।