लुम्बिनी विकास बैंकको बोनस हितग्राही खातामा जम्मा

लुम्बिनी विकास बैंकको बोनस हितग्राही खातामा जम्मा


बैंकिङ्ग समाचार, काठमाडौं ।
लुम्बिनी विकास बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट वितरण गरेको बोनस सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको छ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सेयरधनीदर्ता पुस्तिका बन्द हुँदाको मिति (मंसिर २७ गते) सम्म अभौतिक रुपमा सेयर धारण गरेका सेयरधनीको हितग्राही खातामा फागुन १ गतेदेखि बोनस जम्मा गरिदिएको हो ।

बैंकको पुस ९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ प्रतिशत बोनस सेयरधनीको हितग्राही खातामा जम्मा भएको हो । सभाले बोनस सहित कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

चुक्ता पूँजी २ अर्ब ९० करोड ६४ लाख ५३ हजार ५४९ रुपैयाँ रहेको बैंकको बोनस वितरणपछि ३ अर्ब २८ करोड ४२ लाख ९२ हजार ५११ रुपैयाँ पुग्नेछ ।