५ विकास बैंकमाथि राष्ट्र बैंकले गर्यो कारबाही


काठमाडौं – नेपाल राष्ट्र बैंकले विभिन्न ५ वटा विकास बैंकमाथि डण्डा चलाएको छ । केन्द्रीय बैंकले आर्थिक वर्ष २०८०–८१ मा कानून पालना नगर्ने र मिच्ने विकास बैंकमाथि जरिवानाको डण्डा चलाएको हो ।

कर्णाली विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट, सिन्धु विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंकलाई कारबाही गरेको हो । राष्ट्र बैंकका अनुसार सिन्धु विकास बैंक दुई पटक कारबाहीमा परेको छ ।

राष्ट्र बैंकको सुपरिवेक्षण विभागले गरेको अनुगमनका क्रममा विभिन्न समस्या र नीति नियमबमोजिम कार्य नगरेको पाइएपछी कारबाही गरेको रास्ट्र बैंकले जनाएको छ ।