जीवन बीमा कम्पनीहरुको व्यवसाय १० प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ


काठमाडौं – नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले साढे १ खर्बको व्यवसाय गरेका छन् । हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले १ खर्ब ५६ अर्ब ३१ करोड ७९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन्। जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा ९.८१ प्रतिशतले बढी हो।


यसअवधिमा सबैभन्दा बढी कुल बीमा शुल्क आर्जन गर्ने कम्पनीमा नेपाल लाइफको अग्रताका कायमै रहेको छ। कम्पनीले यसअवधिमा ४० अर्ब ८५ करोड ३४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको कम्पनीको वित्तीय रिपोर्टमा उल्लेख गरिएकाे छ । जुन नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३७ अर्ब १७ करोड ५१ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, कुल बीमा शुल्क आर्जन गर्ने दोस्रो नम्बरमा नेशनल लाइफ रहेकाे छ भने साे कम्पनीले १९ अर्ब २० करोड २८ लाख रुपैयाँ, तेस्रो नम्बरमा एलआइसी नेपालले १८ अर्ब ९ करोड ९७ लाख रुपैयाँ, चौथो नम्बरमा हिमालयन लाइफले १६ अर्ब ६० करोड ८० लाख रुपैयाँ, पाँचौ नम्बरमा सूर्यज्योतिले ९ अर्ब ४९ करोड ७८ लाख रुपैयाँ रहेको छ।

साथै, क्रमशः सिटिजन लाइफले ६ अर्ब २१ करोड ५३ लाख रुपैयाँ, सानिमा लाइफले ६ अर्ब १८ करोड ८३ लाख रुपैयाँ, मेट लाइफले ५ अर्ब ६७ करोड रुपैयाँ, आइएमई लाइफले ४ अर्ब ७४ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ४ अर्ब ३७ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले ४ अर्ब २० करोड र सन नेपाल लाइफले ३ अर्ब ८८ करोड ५४ लाख, राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब ७१ करोड ४९ लाख रुपैयाँ, एशियन लाइफले ८ अर्ब ५ करोड १५ लाख रुपैयाँ, रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन्।