कृत्रिम हात उत्पादन गर्न सिटिजन लाइफद्वारा ४ लाख सहयोग


काठमाडौं– विज्ञान र प्रविधिको क्षेत्रले अविश्वासनीय विकास गरेसँगै मानवीय जीवनलाई निकै सकारात्मक प्रभाव परेको छ । यस विकासलाई आधार बनाएर कयौं मनिस र संस्थाहरुले समाजको हितका लागि कदम बढाएर आफ्नो लक्ष्यलाई पुरा गर्न सफल पनि भएका छन् र त्यस कार्यको एक उत्कृष्ट उदाहरण रहेको छ, ई–नेबल नेपाल । सन् २०१८ सालमा स्थापना भएको यस संस्था, विगत ६ बर्ष देखी घम् प्रिन्ट मेसिनको प्रयोग गरी कार्यात्मक कृत्रिम हातको उत्पादन गरि समाजमा रहेका आर्थिक रुपमा कमजोर अपाङ्गता भएका बालबालिकाहारुलाई निःशुल्क रुपमा वितरण गर्दै आइरहेको छ । जन्मजात अपाङ्गता भएका लगायत विभिन्न कारणले आफ्नो हात÷ अंग गुमाएका बालबालिकहारुलाई सहयोग गर्ने मुल नाराका साथ अघी बढेको यस गैर सरकारी, गैर नाफा मुलक संस्था अहिलेको समयमा लगभाग १०० वटा भन्दा बढि देशहरूमा कार्यरत छ भने अहिलेसम्म नेपालमै कयौं बालबालिकाहरु माझ सहयोग पु¥याउन सफल भएको छ ।

अपाङ्गताका कारण कुनैपनि बालबालिकाले समाजबाट भेदभाव भोग्न नपरोस् र एक सामान्य व्यक्ति सरि विभिन्न काम गर्न सक्षम भई समाजमा सम्मान रुपमा स्थापित गराउने इ–नेबल नेपालको यस पवित्र उद्देश्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी पनि संगसगै उभिएको छ ।

कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल साथै प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल द्वारा इ–नेबल नेपालका अध्यय सुरेन्द्र श्रेष्ठ र महासचिव दिनेश राज भण्डारीलाई २०८१ साल, जेष्ठ ९, बुधवारको दिन कम्पनीको प्रधान कार्यालयमा ४ लाखको चेक हस्तान्तरण गरेको थियो । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको यस सहयोगले इ–नेबल नेपाललाई आउदो समयमा समाजमा रहेका बालबालिकाहरुलाई सहयोग गर्न र सकारात्मक परिवर्तन ल्याउनमा केहि मद्दत हुने अपेक्षा राखेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा इ–नेबल नेपाललाई कृत्रिम हातको उत्पादन गरि जन्मजात अथवा विभिन्न कारणले आफ्नो हात÷अंग गुमाएका बालबालिकहारुलाई सहयोग गर्न ४ लाखको चेक हस्तान्तरण गरेको छ ।