सनराइज फोकस्ड इक्विटी फण्डको लाभांश घोषणा


काठमाडौं – लक्ष्मी सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फोकस्ड इक्विटी फण्डले लाभांश घोषणा गरेको छ। फण्डले गत आर्थिक वर्ष २०८२/८३ का लागि आफ्ना इकाईधनीहरूलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको हो।

लक्ष्मी सनराइज बैंक लिमिटेड कोष प्रबद्र्धक तथा लक्ष्मी सनराइज क्यापिटल योजना व्यवस्थापक रहेको सो फण्डले करसहित ४.५ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो। फण्डको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा प्रतिफल वितरण गर्ने निर्णय छ।