सानिमा बैंकमा भुवन दाहालपछि निश्चलराज पाण्डेलाई सिइओ बनाउने तयारी

सानिमा बैंकमा भुवन दाहालपछि निश्चलराज पाण्डेलाई सिइओ बनाउने तयारी

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत भुवन दाहालको अवकासपछि उक्त पदमा निश्चलराज पाण्डेलाई नियुक्त गरिने भएको छ । उनले माघ १२ पछि आफ्नो कार्यभार सम्हाल्नेछन् । माघ ११ गते हालका सिइओ दाहालले अवकास पाउँदैछन् ।

बैंक तथा वित्तिय संस्था ऐन (बाफिया) बमोजिम कुनैपनि बैंकमा सिइओ नियुक्ति भएपछि उसले २ कार्यकाल भन्दा बढी बस्न मिल्दैन।अन्य बैंकमा सिइओको पदमा नै जानु परेपनि ६ महिनाको कुलिङ पिरियड लागु हुनेछ । पाण्डे यसअघि विभागीय प्रमुखको जिम्मेवारीमा थिए। उनलाई प्रमुख कार्यकारी अधिकृत बनाउने भएपछि बैंक सञ्चालक समितिले डेपुटी प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरिसकेको छ।

पान्डे हाल डेपुटी सिइओको रुपमा सानिमा बैंकमा छन् । तर सानिमा बैंकमा नै उनीभन्दा सिनियर डेपुडी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा नै रहेका तेजबहादुर चन्द छन्। तर उनलाई छोडेर बैंक सन्चालक समितिले पाण्डेलाई सिइओ नियुक्ति गरेको हो । उनी नविलमा लामो समय काम गरेर करिव ८ वर्षअघि सानिमा बैंकमा गएका हुन् ।