डिजिटल बैंकिङ सिकाउँदै ग्लोबल आइएमई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङसम्बन्धी वित्तीय साक्षरता प्रदान गरेको छ । बैंकको गीतानगर र रामपुर शाखाले तीन सयभन्दा बढी आफ्ना सेवाग्राहीलाई भरतपुरमा डिजिटल बैंकिङसम्बन्धी साक्षरता प्रदान गरेको हो ।

उक्त अवसरमा बैंकको मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’का सेवाको बारेमा अनुशिक्षण गरिएको थियो । बैंकमा भौतिक रूपमा उपस्थित नभई मोबाइलकै प्रयोगबाट फन्ड ट्रान्सफर, पानी, बिजुली, इन्टरनेट, टेलिफोन, स्कुल तथा कलेजको बिल भुक्तानी सेवाहरूको बारेमा जानकारी दिएको ग्लोबल आइएमई बैंक गीतानगर शाखा प्रमुख देभेन्द्र अधिकारीले बताए ।

साथै, अत्याधुनिक भुक्तानी प्रणाली ‘क्युआर’, डेबिट तथा क्रेडिट कार्डका विषयमा पनि जानकारी गराएको थियो । ग्लोबल बैंककी बजार प्रमुख शान्ता सिवाकोटीले बैंकिङलाई प्रविधिसँग जोड्न सके कारोबार सुरक्षित र निकै सजिलो हुने भन्दै देशका देशव्यापी रूपमा कार्यक्रम आयोजना गरिएको बताइन् । चितवनको माडी र रत्ननगरमा पनि यस्तै कार्यक्रम गरिएको बैंकले जनाएको छ ।