काठमाडौं – बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल पनि बगाएको छ। इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक अनिल श्रेष्ठ अनुसार, बुढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखाको आरुघाट र धादिङ जोड्ने पक्की पुल बगाएको हो।
आरुघाट र धादिङ जोड्ने पक्की पुलको तनि भागको एक भाग बगाएको उनले बताए। साथै, बाढीले चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेत–सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल, धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल र आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बगाएको छ।






About Us
प्रतिक्रिया