काठमाडौं– किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले १९ हजार बढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले दुई जना संस्थापकको नाममा रहेको १९ हजार २६० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
उक्त शेयर खरिद गर्न हाल विद्यमान संस्थापक शेयरधनीले मात्र सक्नेछन्। इच्छुक शेयरधनीले ३५ दिनभित्र आवश्यक विवरण खुलाई कम्पनीको कार्यालयमा आवश्यक कागजात सहित लिखित निवेदन दिनुपर्नेछ।
तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्न प्रक्रिया थालिने लघुवित्तले जनाएको छ ।



About Us
प्रतिक्रिया