काठमाडौं– नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारकाे मुद्दा दायर गरेको छ। आयोगले टेलिकमका निलम्बित प्रबन्ध निर्देशक पौडेलविरुद्ध २३ करोड ७५ लाख बिगो दाबी सहित आइतबार मुद्दा दायर गरेको हो ।
गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा पौडेलविरुद्ध उजुरी दायर गरेको छ ।आम्दानीको तुलनामा अस्वाभाविक आर्जन देखिएको भन्दै अख्तियारले अकूत सम्पत्ति कमाएको निष्कर्ष निकालेको छ।
गैरकानूनी सम्पत्ति आर्जन गरेको उजुरीमाथि अनुसन्धानका लागि अख्तियारले पाैडेललाई १० माघमा पक्राउ गरेर हिरासतमा राखेको छ ।
प्रतिक्रिया