काठमाडौं–चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा वस्तुहरुको आयात र निर्यात दुवैमा गिरावट देखिएको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० को नौ महिनाको तुलनामा आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा आयात २.८४ प्रतिशत र निर्यात ३.६६ प्रतिशतले घटेको हो ।
यसैअनुसार चैत मसान्तसम्म रु. ११ खर्ब ६७ अर्ब ३६ करोडको आयात भएको छ भने रु. १ खर्ब १३ अर्ब ९४ करोडको निर्यात भएको छ । गत वर्ष आयात रु. १२ खर्ब १ अर्ब ५० करोडको भएको थियो भने निर्यात रु. १ खर्ब १८ अर्ब २७ करोडको भएको थियो ।
योसँगै यस वर्ष व्यापार घाटामा भने नेपालको स्थिति केही सुधारोन्मुख देखिएको छ । जसमा गत वर्षको नौ महिनामा रु. १० खर्ब ८३ अर्ब २२ करोडको व्यापार घाटा थियो भने चालु आवको नौ महिनामा यस्तो घाटामा २.७५ प्रतिशतको कमी आइ रु. १० खर्ब ५३ अर्ब ४२ करोडमा झरेको छ ।
प्रतिक्रिया