मर्मतमा लगिएको एनएसीको न्यारोबडीले भाेलिबाट उडान भर्ने

मर्मतमा लगिएको एनएसीको न्यारोबडीले भाेलिबाट उडान भर्ने


काठमाडाैं – झन्डै पाँच महिनादेखि ग्राउन्डेड नेपाल एयरलाइन्सको न्यारोबडी ९ एन एकेएक्स जहाजले  सोमबार (भाेलि) बाट  व्यावसायिक उडान सुरु गर्ने भएको छ । 

पखेटामा रहेको इन्जिनमा समस्या आएपछि १३ मंसिरदेखि उक्त जहाज ग्राउन्डेड गरिएको थियो । जहाजको मर्मत–सम्भार सकिएसँगै निगमले सोमबारदेखि नियमित उडान गर्ने तालिका बनाएको हाे ।

इन्जिन बनाउन गत २६ पुसमा इजरायल पठाइएको जहाजको मर्मत–सम्भार सकिएसँगै सोमबार इजरायलको तेलबीबाट दुबई हुँदै यात्रु लिएर काठमाडाैं आउने नेपाल वायुसेवा निगमका उपनिर्देशक दिपेन्द्र सुवेदीले जानकारी दिए ।