काठमाडौं–मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तरर्गत ईनेबल नेपाल सांस्था (गैर मुनाफा मूलक) सँगको साझेदारीमा देशका विभिन्न स्थानहरुबाट बसोबास गर्ने र कृत्रिम हातको आवश्यकता पर्ने बालबालिकाहरुलाई चाहिने कृत्रिम हातहरु वितरण गरेको छ ।
एक कार्यक्रमबीच बैंकका सहायक नायाव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गरुङ्ग र ईनेबल नेपाल सांस्थाका पदाकारीबाट हातहरु बालबालिकाहरुलाई वितरण गरिएको छ । उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, बालबालिकाहरुका अभिभावक र ईनेबल नेपाल सांस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । हालमा बैंकले ५ थान कृत्रिम हातहरु वितरण गरिसकेको र निकट भविष्यमा थप कृत्रिम हातहरु वितरण गर्ने बैंकका सहायक नायाव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गरुले बताएका छन् ।
यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै यस सहयोगबाट सोही लाभकारी बालबालिकाहरुको जीवनमा सकरात्मक परिवर्तन हुने र आत्मविश्वास बलियो गर्न मद्दत पुग्ने विश्वास लिएको छ । साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटठवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग ९बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३० आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।
प्रतिक्रिया