कुमारी बैंकको लगभग ३ लाख कित्ता शेयर बिक्रीमा

कुमारी बैंकको लगभग ३ लाख कित्ता शेयर बिक्रीमा


काठमाडौं– कुमारी बैंक लिमिटेडले आफ्नो लगभग ३ लाख कित्ता शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनी जेनिथ इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजको नाममा रहेको ६ लाख ९८ हजार ५६७ कित्ता शेयर बिक्रीमा राखेको हो ।

हाल विद्यमान संस्थापक शेयरधनीका लागि मात्र खुलाइएको शेयर खरिदका लागि इच्छुक शेयरधनीले आवश्यक कागजात सहित ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार, काठमाडौंको नक्सालमा रहेको कुमारी क्यापिटल लिमिटेड वा टंगालमा वेदन दिन सक्नेछन् ।

उक्त शेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने हुनेछ। तोकिए समयभित्र संस्थापक शेयरधनीबाट कुनै खरिद आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थाका लागि शेयर बिक्री प्रक्रिया अगाडि बढाउने बेंकको जनाएको छ ।