सामाजिक सुरक्षा कोषको भुक्तानी रकममा वृद्धि, बढे योगदानकर्ता पनि

सामाजिक सुरक्षा कोषको भुक्तानी रकममा वृद्धि, बढे योगदानकर्ता पनि


काठमाडौं– सामाजिक सुरक्षा कोषको दावी भुक्तानी रकममा वृद्धि भएको छ । कोषले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार हिजोसम्ममा कोषको कुल दाबी भुक्तानी रकम रु. ८ खर्ब ६४ अर्ब ४१ करोड रुपैयाँ पुगेको हो ।

यस्तै, कोषमा योगदान पुर्याउने योगदानकर्ताको संख्या पनि बढेको तथ्यांकले देखाउँछ । कोषले यसअघि (चैत २० गते) सार्वजनिक गरेको तथ्यांकमा १२ लाख ५० हजार ४५३ जना सूचीकृत योगदानकर्ता रहेकोमा संख्या बढेर बुधबारसम्म लगानीकर्ताको संख्या १२ लाख ८६ हजार ८५ पुगेको छ । साथै, चैत २० सम्म १८ हजार ८१० जना सूचीकृत रोजगारदाता रहेको कोषमा हाल १८ हजार ८५२ सूचीकृत रोजगारदाता छन् । कोषको कुल योगदान रकम भने रु. ५३ खर्ब आठ अर्ब ६८ करोड पुगेको छ ।

कोषमा हाल औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दावी रकम रु. एक खर्ब ८६ करोड रहेको छ । कोषको आश्रित परिवार सुरक्षा दावी रकम रु. १३ अर्ब ४४ करोड छ भने दुर्घटना तथा अशक्तता सुरक्षा दावी रकम रु. ११ अर्ब ६८ करोड छ । कोषमा अवकाश दावी रकम भने रु. ७ खर्ब ३८ अर्ब ४४ करोड रहेको तथ्याङ्कले देखाउँछ ।