काठमाडौं – बिहीबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको छ। बुधबार स्थिर रहेको सुनको मूल्य बिहीबार ६०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतिताेला १ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतिताेला १ लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, महासंघका अनुसार बिहीबार तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, बिहीबार चाँदी प्रतितोला १ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया