आज शेयर बजारसहित बैंक तथा वित्तीय संस्था पनि बन्द


काठमाडौं– आज (बुधबार) शेयरबजारसहित बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द रहने भएका छन् ।

सरकारले रामनवमीका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएकाले बैंक तथा वित्तीय संस्था पनि बन्द हुने भएकाे हाे। भोलि (बिहीबार) बाट शेयरबजारसहित बैंक तथा वित्तीय संस्था, सबै कार्यालय नियमित समयमै खुल्नेछन्।