काठमाडौं– भिसा नियम उल्लङ्घन गरी अवैध रूपमा बसेका वा काम गरिररेका आप्रवासीहरूका लागि कुवेतले आममाफी कार्यक्रम सुरू गरेको छ।
कुवेतले १७ मार्च २०२४ देखि १७ जुनसम्मको समय तोकी अवैध रूपमा बसेका आप्रवासी श्रमिकहरूका लागि आममाफी घोषणा गरेको हो। तोकेको अवधिमा आममाफी कार्यक्रममा सहभागी नभएकाहरूलाई फेरि कुवेत जान नपाउने गरी देश निकाला गरिने छ।
उक्त कार्यक्रम अन्तर्गत भिसाको नियम उल्लङ्घन गरेका विदेशी श्रमिकहरूले ६ सय कुवेती दिनार (ने. रु. दुई लाख ५० हजारभन्दा बढी) तिरेपछि भिसा नियमित हुने र त्यहीँ काम गर्न पाउने व्यवस्था पनि कुवेत सरकारले गरेको छ। जरिवाना तिरेर स्वदेश फर्केकाहरू पुन कुवेत जान चाहेमा नयाँ प्रक्रियाबाट जान सक्नेछन् ।






About Us
प्रतिक्रिया