मनकामना स्मार्ट लघुवित्तकाे साधारण सभा सम्पन्न


काठमाडौ – मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे छैटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाको छैटौं वार्षिक साधारण सभा सोमबार पौवा सिद्धार्थनगर ६ रुपन्देहीमा सम्पन्न भएको हो।

सभामा गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको वासलात,नाफा नोक्सान हिसाब लगायतका अन्य वित्तीय विवरणहरु पारित गरिएको छ।

यस्तै, सभाबाट चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश प्रस्ताव गरेको छैन। त्यस्तै, सभाले समता घरेलु लघुवित्तसँग प्राप्ति हुने प्रस्ताव पनि पारित गरेको छ।