काठमाडौं– वैशाख ४ गतेदेखि वैशाख ७ गतेसम्म संचालन हुने जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षाको समय तालिका सार्वजनिक भएको छ ।
नेपाल बीमा प्राधिकरणले आइतबार सूचना जारी गर्दै तालिका सार्वजनिक गरेको हो । परीक्षा वैशाख ४ गते पहिलो सिफ्ट दिउँसो २ बजेबाट ३ः३० बजेसम्म, वैशाख ६ गते दिउँसो २ बजेबाट ३ः३० बजेसम्म र वैशाख ७ गते दिउँसो १२ बजेबाट १ः३० बजेसम्म संचालन हुनेछ।
बीमा ऐन २०७९ अनुसार जीवन बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्रै इजाजत दिइने व्यवस्थालाई मध्यनजर गर्दै प्राधिकरणले परीक्षा लिन थालेको हो ।
प्रतिक्रिया