आरएसडिसी लघुवित्तको वित्तीय विवरण सार्वजनिक, नाफा कति ?

आरएसडिसी लघुवित्तको वित्तीय विवरण सार्वजनिक, नाफा कति ?


काठमाडौं–आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले आज अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दै ९ महिनामा रु. ११ करोड २१ लाख २१ हजार रूपैयाँभन्दा बढी खुद नाफा गरेको जनाएको छ । विवरण अनुसार गत वर्षको यसै अवधिसम्मको तुलनामा कम्पनीको खुद नाफा ३०.३४ प्रतिशत बढेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रु. ८ करोड ६० लाख रूपैयाँभन्दा बढी मात्र खुद नाफा कमाएको थियो ।

यस वर्ष ३०.३० प्रतिशतले सञ्चालन नाफा बढ्दा कम्पनीको खुद नाफामा वृद्धि भएको हो । यसैगरी गत वर्ष यस अवधिसम्म ५ करोड ६३ लाख रूपैयाँभन्दा बढी रहेको वितरणयोग्य नाफा यस वर्ष रु. ८ करोड ६१ लाख रूपैयाँभन्दा बढी कायम भएको छ । हाल कम्पनीको चुक्तापुँजी रु. ९४ करोड ४३ लाख ५१ हजार रूपैयाँ छ । यस वर्ष ८.६० प्रतिशत बोनस शेयर वितरण गरी कम्पनीले पुँजी बढाएको हो ।

तेस्रो त्रैमाससम्ममा संस्थाको जगेडा कोष रकम भने १२ करोड रूपैयाँभन्दा बढी रहेको छ । तेस्रो त्रैमाससम्म रु. ५ अर्ब ६५ करोड ७९ लाख रूपैयाँभन्दा बढी कर्जा सापटी लिएको कम्पनीले रु. ६ अर्ब ६१ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ भने निष्क्रिय कर्जा गत वर्ष १.३७ प्रतिशत रहेको निष्क्रिय कर्जा बढेर २.९९ प्रतिशत कायम भएको छ । तेस्रो त्रैमाससम्म रु. १५ रूपैयाँ ८३ पैसा प्रति शेयर आम्दानी रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रु. १२४ रूपैयाँ ६९ पैसा छ ।